PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

मर्स्याङ्दी नदी थुनिने जोखिम : बिजुली र खानेपानीको समस्या छ, काठमाडाैंबाट राहत आउन सकेको छैन



रिना थापा

मर्स्याङ्दी नदी थुनिने जोखिम : बिजुली र खानेपानीको समस्या छ, काठमाडाैंबाट राहत आउन सकेको छैन

पोखरा : अविरल वर्षाका कारण गएको पहिरोले मर्स्याङ्दी नदी थुनिने जोखिम बढेको छ। बुधबार बिहान मनाङको ङावलमा गएको पहिरोले मर्स्याङ्दी नदी थुनिएको थियो। त्यसको केही समयमा नै नदि खुलेको थियो।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार अहिले मर्स्याङ्दीको बहाव बढेपनि नदी थुनिएको छैन। नदी थुनिए चामे र ताल गाउँलगायत तल्लो तटीय क्षेत्रमा उच्च जोखिममा रहने उनी बताउँछन्।

'बिहान एकछिन बन्द भएर एकछिनमा खुल्यो फेरि दिउँसो पहिरो गएर थुनिएको थियो अहिले खुलेको अवस्था छ,' प्रजिअ लामिछानेले भने,'पहिरो जाने फेरि खुल्ने फेरि बन्द हुने क्रम छ।'

अविरल वर्षाका कारण मनाङका विभिन्न स्थानमा क्षति पुगेको छ। हालसम्म मानवीय क्षति भने भएको छैन।

लामिछानेका अनुसार बाढीले जिल्लाको नाशु गाउँपालिकाको कार्यालय, इलाका प्रहरी कार्यालय, प्राइम बैंक र प्रभु बैंकको कार्यालय र ५ होटल बगाएको छ। धारापानी स्थान बढी क्षतिग्रस्त छ। त्यस्तै सदरमुकाम डुबानमा परेर हिजै चामे बजारका ३ सय जनालाई कारागार भवनमा सुरक्षित राखिएको छ।

बाढीका कारण मनाङमा बिजुली र खानेपानीको समस्या भएको छ। हाल आफूहरु बिजुली र खानेपानीको व्यवस्थापन गर्नका लागेको प्रजिअ लामिछानेले जानकारी दिए। मौसम खराब भएका कारण काठमाडौंबाट राहतका सामान अहिलेसम्म आउन नसकेको उनले बताए।

'अहिलेको भर्खर पानी रोकिएको छ। बाटो भत्किएको छ। पुल भत्किएका छन्। वर्षा अझै भए अवस्था झन खराब हुन सक्छ,' उनले भने। 

त्यस्तै मनाङ नासों गाउँपालिका धारापानीमा प्राइम कर्मसियल बैंकका एक कर्मचारी सम्पर्कविहिन भएका छन्। लामिछानेका अनुसार धारापानी क्षेत्रमा सम्पर्क हुन नसकेका कारण कर्मचारीसँगपनि सम्पर्क हुन नसकेको हो।

'त्यता जानपनि मिलेको छैन। त्यतातिरको स्थानमा सम्पर्क भएको छैन कतै सुरक्षित रहनुभएको होला' उनले भने।

यस्तै नार्फा गाउँपालिकामा पनि पहिरोले १० घर बढी क्षति पुर्‍याएको इन्सपेक्टर हरिध्वज अधिकारीले जानकारी दिए। उनका अनुसार अहिलेसम्म मानवीय क्षतिको सुचना भने आइसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell