PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कोभिड-१९ विरुद्ध नयाँ उपचार पद्दती, महंगो तर देखियो केही संक्रमितमा मात्र प्रभावकारी



पहिलोपोस्ट

कोभिड-१९ विरुद्ध नयाँ उपचार पद्दती, महंगो तर देखियो केही संक्रमितमा मात्र प्रभावकारी
Photo: The New York Times

कोभिड-१९ संक्रमितको उपचारमा स्टेरोइड औषधिको प्रयोग सुरु गरिएको एक वर्ष बित्यो। कोभिड १९ विरुद्ध बनेका खोपहरुले संक्रमणको गम्भीरतालाई कम गर्न सफल भएको पाइएको छ। यद्यपि, कोरोना भाइरस संक्रमणविरुद्ध हालसम्म कुनै औषधि निर्माण हुन सकेको छैन। यसबिच अध्ययनकर्ताहरूले कोरोना भाइरसका कारण गम्भीर अवस्थामा पुगेका बिरामीलाई बचाउने नयाँ उपचार फेला परेको दाबी गरेका छन्।

यो एउटा महँगो उपचार विधि हो। जसमा भाइरसको असर कम गर्न नसामार्फत् दुई फरक एन्टिबडीहरू दिइन्छ। यस विधिबाट उपचार गरिएकाहरूको परीक्षणमा तीनजनामध्ये एक गम्भीर संक्रमित ठीक भएको दाबी गरिएको छ।

अमेरिकन फार्माक्युटिकल कम्पनी रेगेनोरनले उत्पादन गरेको यस पद्दतीमा ल्याब्रोटरीमा बनाइएका दुई फरक एन्टिबडी प्रयोग हुन्छन्। तिनलाई नसामार्फत् संक्रमितको शरीरमा पठाइन्छ। प्रयोगपछि ती  मानव शरीरका कोषहरूमा सहजै मिश्रित हुन्छन् र कोभिड-१९ को असर बढ्न दिँदैन।

विज्ञहरूका अनुसार प्रत्येक एक सय जना बिरामीहरूमा यस नयाँ उपचार पद्दतीले ६ जनाको ज्यान बाँच्ने देखिएको छ। तर, शरीरमा कोरोनाविरुद्ध एन्टिबडी विकास नभइसकेकाहरूलाई मात्र यो उपचार दिन सकिन्छ। यसको विधिबाट उपचार गर्नका लागि एक हजारदेखि दुई हजार पाउन्डसम्म खर्च हुन्छ अर्थात् डेढ लाखदेखि साढे तीन लाखसम्म खर्च हुन्छ।

३७ वर्षीया किम्बर्ली फेदरस्टोनले परीक्षण अवधिमा नयाँ पद्दतीबाट उपचार पाइन्। उनले बीबीसीसँग भनेकी छिन्,'म आफूलाई निकै भाग्यमानी ठान्छु। मलाई संक्रमण पछि अस्पताल पुर्‍याइएको थियो। र, यो उपलब्धिपूर्ण उपचार पाएँ। म खुशी छु यस सफल उपचार पद्दतीको परीक्षणमा सहभागी हुन पाएँ।'

बेलायतका दश हजार संक्रमितमा परीक्षण गरिएको यस उपचारले मृत्युको सम्भावना घटाएको देखिन्छ। त्यस्तै संक्रमितहरू लामो समय अस्पताल बस्नु परेको छैन। प्राय चार दिन लामो उपचारपछि फर्किएका छन्। त्यस्तै भेन्टिलेटरमा राखेर उपचार गरिनु पर्ने सम्भावना पनि कम भएको छ।

संयुक्त प्रमुख अनुसन्धानकर्ता सर मार्टिन ल्यान्ड्रीका अनुसार दुई प्रकारका एन्टिबडीहरू नसामार्फत् दिँदा गम्भीर संक्रमितको मृत्युको सम्भावना २० प्रतिशतले घटेको देखिएको हो।

अर्का अनुसन्धानकर्ता सर पिटर होर्बीले यो थेरापीको प्रयोग अझै अनिश्चित भएको बताए। किनकि केही अध्ययनमा यसको केही फाइदा देखिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell