PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चलचित्र निर्माता संघले माग्यो कोरोनाविरुद्ध खोप



पहिलोपोस्ट

चलचित्र निर्माता संघले माग्यो कोरोनाविरुद्ध खोप

काठमाडौं: चलचित्र निर्माता संघले चलचित्रकर्मीका लागि कोरोना खोपको माग गरेका छन्। संघका अध्यक्ष आकाश अधिकारीले स्वास्थ्य मन्त्री शेरबहादुर तामाङसँग ४५ सयदेखि ५ हजार चलचित्रकर्मीका लागि कोरोनाविरुद्ध खोपको माग गरेका हुन्।

मंगलवार अधिकारीले मन्त्रीलाई ज्ञापन पत्र वुझाउँदै प्रस्ताव राखेका थिए। भन्छन्, 'तत्काल दुई-तीन वटा देशबाट खोप ल्याउने पहल भइरहेको छ। मन्त्रीज्‍यूले त्यो खोप ल्याएपछि चलचित्रकर्मीलाई उपलब्ध गराउने भन्नु भएको छ।'

चलचित्रकर्मीलाई खोप उपलब्ध गराएपछि राज्यका विभिन्न निकायसँग हातेमालो गर्दै अग्रपंक्तिमा खटिएर कोरोना नियन्त्रणका लागि चलचित्रकर्मीले ठुलो भूमिका खेल्न सक्ने निर्माता संघको दावी छ।

केही दिनअघि चलचित्र विकास बोर्डले स्वास्थ्य मन्त्रालयसँग चलचित्रकर्मीलाई कोरोनाको खोपको उपलब्ध गराउन माग गरे। गत बुधबार मात्रै स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसँग भेट गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य राज कटुवालले चलचित्रकर्मीलाई खोप उपलब्ध गराउन आग्रह गरेका थिए। स्वास्थ्यमन्त्री बोर्डको मागप्रति सकरात्मक भएपनि अहिले सम्म खोपको बारेमा कुनै निर्णय आउन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell