PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

१३ हजार जनाको कोरोना परीक्षणः २ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि



पहिलोपोस्ट

१३ हजार जनाको कोरोना परीक्षणः २ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि

काठमाडौः पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। २ हजार १४ जनामा पिसिआर र ८ सय १४ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो।

पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट १३ हजार २२ जनाको कोरोना परीक्षण भएको छ। ८ हजार ६ सय ८७ जनाको पिसिआर र ४ हजार ३ सय ३५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको हो। अहिलेसम्म देशभर ३३ लाख ६३ हजार ६ सय ८५ जना कोभिड परीक्षण गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद पौडेलले जानकारी दिए।

त्यस्तै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५२ जना रहेको छ।  ३ हजार ८२ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।

४३ वटा जिल्लामा ५ सय जना भन्दा बढी संक्रिय संक्रमित रहेका छन्। काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, सुर्खेत, रुपन्देही लगायतका जिल्लामा सबैभन्दा धेरै संक्रमित रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell