PahiloPost

Jan 9, 2026 | २५ पुष २०८२

अब जनकपुर क्षेत्रमा अक्सिजन अभाव हुँदैन : मुख्यमन्त्री लालबाबु राउत



पहिलोपोस्ट

अब जनकपुर क्षेत्रमा अक्सिजन अभाव हुँदैन : मुख्यमन्त्री लालबाबु राउत

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अब जनकपुर क्षेत्रमा अक्सिजन अभाव नहुने बताएका छन्। बुधवार मुख्यमन्त्री राउतले अक्सिजन प्लान्टको उद्घाटन गर्दै उक्त धारणा राखेका हुन्।

जनकपुरधाम उपमहानगर वडा न. २३ मा स्थापित अक्सिजन ग्याँस प्लान्टको औपचारिक सुरुवात समारोहमा उनले भने,'कोरोना माहामारीसँग जुध्न अक्सिजन प्लान्टको महत्वपूर्ण भूमिका छ। अब जनकपुर क्षेत्रमा अक्सिजनको अभाव हुँदैन। सञ्चालकलाई धन्यवाद।'

सात करोड लगानीमा सुरु भएको उक्त उद्योगले दैनिक चार सय पचास सिलिन्डर अक्सिजन उत्पादन गर्ने सञ्चालक एसआरजे ग्रुपका अध्यक्ष शिवनन्दन साहले बताए।

उद्घाटन कार्यक्रममा सामाजिक बिकास मन्त्री नवल किशोर साह, प्रदेश सभा सदस्य करिमा बेगम, पूर्व कृषि मन्त्री हरिनारायण यादव, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा लगायको उपस्थिती रहेको थियो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell