PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

कालीगण्डकीले स्याङ्जा र पर्वतका ९ घर बगायो, विस्थापित परिवारलाई राखियो सुरक्षित स्थानमा



रासस

कालीगण्डकीले स्याङ्जा र पर्वतका ९ घर बगायो, विस्थापित परिवारलाई राखियो सुरक्षित स्थानमा
फोटो : रासस।

पर्वत : गएको शनिवारदेखिको अविरल वर्षाको कारण पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतिवेणीका नौ घर बाढीले बगाएको छ। सेतीवेणी बजारमा रहेका स्याङ्जाको गल्याङ नगरपालिका-५ का आठ घरधुरी र पर्वतको विहादी गाउँपालिका-६ शालिग्रामको एक घर बाढीले बगाएको हो। मंगलवार बिहान उर्लिएको कालीगण्डकी नदीको पानीको भेल १५ वटा घरभित्र पसेर क्षति पुगेको थियो।

मंगलवार दिउँसो बहाब केही घटेपनि साँझ फेरि बढेर घर बगाएको स्थानीयवासी तिलक पराजुलीले जानकारी दिए। उनका अनुसार स्थानीय केशवराज न्यौपाने, लक्ष्मी न्यौपाने, रेशमलाल न्यौपाने, गोपाल सुनार, शक्ति श्रेष्ठ, माया क्षेत्री र विक्रम श्रेष्ठलगायतको घर बाढिले बगाएको हो।

अहिले विस्थापित बनेका परिवारलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ। कालीगण्डकी र सेतीखोला दुवैको बहाब बढेर पर्वत र स्याङ्जा जोड्ने सेतीखोला माथिको पुलबाट पानी बग्न लागेपछि बजारवासीमा रुवावासी छाएको थियो। अहिलेसम्म मानवीय क्षति भने नभएको पराजुलीले जानकारी दिए। बाढीले भत्काएका घरबाट बजारवासीले अत्यावश्यक वस्तुहरु निकालिएको थियो।

अहिले स्याङ्जातर्फको बजार पूर्णरुपमा विस्थापित हुने खतरा रहेको छ। त्यसैगरी, विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ भने शिला नजिकै रहेका सत्तलहरु समेत बगाएको छ। सेतीवेणीमा रहेको प्रहरी चौकीले विस्थापित भएका घरधुरीलाई सुरक्षित स्थानमा सार्न र सतर्कता अपनाउन आग्रह गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell