PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

बलान नदीमा बेपत्ता बालकको शव बिहारको बलानपट्टीमा फेला



रासस

बलान नदीमा बेपत्ता बालकको शव बिहारको बलानपट्टीमा फेला

सप्तरी : बलान नदीले बगाएर एक बालकको मृत्यु भएको छ। खेतमा काम गरिरहेका दाजुलाई भात पुर्‍याउन गएका बलान विहुल गाउँपालिका-४ वेल्हीका कृष्णदेव भण्डारीका छोरा १५ वर्षीय सन्तोषलाई नदीमा आएको बाढीले बगाएको सप्तरी प्रहरीले जनाएको छ।

नदी पारि खेतमा काम गरिरहेका दाजु सुनिललाई भात पुर्‍याएर फर्किने क्रममा सन्तोषलाई बाढीले बगाएको परिवारका सदस्य रामशंकर भण्डारीले बताए। बगाएको केही घण्टापछि सन्तोषलाई भारत बिहार राज्यको बलानपट्टी गाउँका व्यक्तिले नदीबाट निकालेका छन्।

नदीबाट निकाल्दा सन्तोषको मृत्यु भइसकेको परिवारका सदस्यले बताए। शव परीक्षणका लागि सिरहाको लहान लगिएको स्थानीयवासी अशोक यादवले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell