PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

स्वास्थ्य सामग्री लिएर गृहजिल्ला पुगे पर्यटनमन्त्री अरगरिया



पहिलोपोस्ट

स्वास्थ्य सामग्री लिएर गृहजिल्ला पुगे पर्यटनमन्त्री अरगरिया

जनकपुर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरिया स्वास्थ्य सामग्री लिएर गृहजिल्ला धनुषा आइपुगेका छन्।

मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला आइपुगेका अरगरियालाई प्रादेशिक राजधानी जनकपुरमा युवाहरुले फुलमाला र खादासहित स्वागत गरेका छन्।

मन्त्री अरगरियाले प्रादेशिक अस्पताल जनकपुरलाई थप भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र आईसीयूमा चाहिने उपकरणहरु विहीवार हस्तान्तरण गर्ने कार्यक्रम छ।

मन्त्री अरगरियाले धनुषाको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने निर्णय गरेर कार्यभार सम्हालेका थिए। अध्ययनका लागि समिति गठन पनि गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell