PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

साँझसम्म सुनकोशीमा तीन शव फेला



रासस

साँझसम्म सुनकोशीमा तीन शव फेला

सिन्धुली : सिन्धुली जिल्ला अन्तर्गत सुनकोशी नदीमा तीन शव भेटिएका छन्। आज साँझसम्म पानीको सतहमा तैरँदै गरेका अवस्थामा शव भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका-५ मूलकोट, सुनकोसी-६ कानढुङ्ग्री र फिक्कल गाउँपालिका-६ रत्नावतीमा बेवारिसे शव फेला परेका हुन्।

कानढुङ्ग्री र मूलकोटमा पुरुषको शव भेटिएको र रत्नावतीमा भेटिएको शवको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए। सुनकोशीमा देखिएको शव निकाली परीक्षणका लागि सिन्धुलीमाढीतर्फ ल्याइएको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell