PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

साथी खोज्न हिँडेका सितलाल जब फसे मेलम्चीको बगरमा

साथी खोज्न हिँडेका सितलाल जब फसे मेलम्चीको बगरमा

पहिलोपोस्ट /पहिलोपोस्ट


मेलम्चीमा बाढीको वितण्डाले आधा बजार बगरमा परिणत गरेको थियो। बजारको पुछारमा रहेको घरको तीन तला बलुवाले पुरेको थियो।

नयाँ बजार नदीको बगरमा परिणत भएको थियो। मंगरबारको तुलनामा बाढीको सतह घट्दै थियो।

त्यही बालुवामाथि दौडिँदै पुगे एक वृद्ध। हेर्दैहेर्दै उनी बालुवामा फस्दै गए।

धन्न स्काउटको टिमले उनलाई देख्यो। बुधबार साँझ साढे चार बजेतिर ती वृद्धलाई उद्धार गर्न स्काउट टोली डोरी लिएर उत्रियो। बगरैबगर बाढीले बगाएका मुढा मिलाउँदै ती वृद्धको उद्धार भयो।

आधी डुबेका वृद्ध त्रसित थिए। उनी त्यहाँ गएकोमा धेरैले गाली पनि गरिरहेका थिए।

नाम के हो?

भीडमा कसैले सोध्यो

सितलालः उनले जवाफ फर्काए।

सितलाल तामाङ मेलम्चीस्थित कटुन्जेका रहेछन्।

वृद्ध उमेरका उनलाई किन त्यहाँ गएको भनेर धेरैले र्‍याखर्‍याख पारे। उनी भन्दै थिए -बजारमा रामकाजी छ कि छैन भनेर हेर्न गएको।



ट्रेन्डिङ पोस्ट

Ncell