PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

एकहत्तर दिन यताकै कम 'एक्टिभ केस' : थपिए ६७ हजारभन्दा धेरै



पहिलोपोस्ट

एकहत्तर दिन यताकै कम 'एक्टिभ केस' : थपिए ६७ हजारभन्दा धेरै
रोयटर्स

भारतमा पछिल्लो २४ घन्टामा ६७ हजार २ सय ८ जना कोभिड १९ का संक्रमित थपिएका छन्। यस अवधिमा २ हजार ३ सय ३० जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ। 

भारतमा चौबिस घन्टामा १ लाख ३ हजार ५ सय ७० जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा कूल संक्रमितको संख्या २करोड ९७ लाख ३ सय १३ पुगेको छ। अहिलेसम्म मृत्यु हुनेको संख्या ३ लाख ८१ हजार ९ सय ३ रहेको छ। भारमा पछिल्लो ७१ दिन यताकै कम संख्यामा एक्टिभ केस रहेको रेकर्ड कायम भएको छ।

भारतमा अहिले ८ लाख २६ हजार ७ सय ४० जनामा संक्रमण एक्टिभ रहेको मन्त्रालयले जनाएको छ। त्यहाँ अहिलेसम्म २६ करोड ५५ लाख १९ हजार २ सय ५१ जनालाई कोभिड १९ विरुद्धको खोप लगाइसकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell