PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

युरो कपमा आज तीन खेल



पहिलोपोस्ट

युरो कपमा आज तीन खेल

यूईएफए युरो कपमा आज तीन खेल हुँदैछन्।

आज हुने पहिलो खेलमा समूह 'सी' को खेलमा नर्थ म्यासोडोनिया र युक्रेन प्रतिस्पर्धामा उत्रनेछन्। रोमानियास्थित नेशनल स्टेडियममा हुने खेलमा दुबै टोली पहिलो जितको खोजीमा हुनेछन्। यसअघिको खेलमा नर्थ म्यासोडोनिया अस्ट्रियासँग ३-१ गोलअन्तरले पराजित भएको थियो भने युक्रेन नेदरल्याण्ड्ससँग ३-२ गोलअन्तरले पराजित भएको थियो। आज साँझ पौने ७ बजे हुने खेलमा दुबै टोली पहिलो जितको लक्ष्यका साथ मैदान उत्रने छन्।

आजै हुने दोस्रो खेलमा समूह 'बी' को डेनमार्क र बेल्जियम भिड्दैछन्। यसअघिको खेलमा रसियामाथि ३-० को सानदार जित निकालेको बेल्जियम दोस्रो जितको खोजीमा हुनेछ भने पहिलो खेलमा फिनल्याण्डसँग पराजय ब्यहोरेको डेनमार्क पहिलो जितको खोजीमा उत्रने छ। खेल पौने १० बजे डेनमार्कको पार्केन स्टेडियममा हुनेछ।

त्यस्तै राति हुने अर्को खेलमा अस्ट्रिया र नेदरल्याण्ड्स आमनेसामने हुनेछन्। प्रतियोगितामा जितसँगै सुखद सुरुवात गरेका अस्ट्रिया र नेदरल्याण्ड्स आफ्नो दोस्रो जितको खोजीमा हुनेछन्। खेल राति पौने १ बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell