PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु



पहिलोपोस्ट

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

काठमाडौंः भक्तपुरमा सवारी दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ।

सोलुखुम्बु चौलाखर्क ३ घर भएका २७ वर्षीय रमेश कुमार बस्नेतको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बुधवार राति भक्तपुर मध्यपुर थिमि नगरपालिका वडा नम्बर ४ चारदोबाटोमा कोटेश्वरतिरबाट जाँदै गरेको बा ७७ प ५६०५ नम्बर को मोटरसाइकल दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतको आज बिहान उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल पछाडि बसेका दुई जनाको भने उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell