PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कोपा अमेरिकामा दुई खेल: ब्राजिलको प्रतिस्पर्धी पेरु, कोलम्बियालाई भेनेजुएलाको चुनौती



पहिलोपोस्ट

कोपा अमेरिकामा दुई खेल: ब्राजिलको प्रतिस्पर्धी पेरु, कोलम्बियालाई भेनेजुएलाको चुनौती

कोपा अमेरिकामा भोलि बिहान दुई खेल हुँदैछन्।

भोलि बिहान हुने पहिलो खेलमा कोलम्बिया र भेनेजुएला भिड्दैछन्। प्रतियोगिताको उद्घाटन खेलमै आयोजक राष्ट्र ब्राजिलसँग पराजय ब्यहोरेको भेनेजुएला पहिलो जितको खोजीमा उत्रने छ। अर्कोतर्फ कोलम्बियाले आफ्नो पहिलो खेलमा इक्वेडरमाथि १-० को जित निकालेको थियो। यी दुई टोलीबीचको खेल भोली बिहान पौने ३ बजे शुरु हुनेछ।

त्यस्तै भोलि बिहान नै हुने अर्को खेलमा ब्राजिल र पेरु भिड्दै छन्। उद्घाटन खेलमै भेनेजुएलामाथि ३-० को सानदार जित निकालेको ब्राजिल लगातार दोस्रो जितको खोजिमा उत्रने छ। त्यस्तै पेरु आफ्नो पहिलो खेलमै जितको लक्ष्यका साथ उत्रने छ। यी दुई टोलीबीचको खेल बिहान पौने ६ बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell