PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बाढी पीडित जनतालाई तत्काल सहयोग गर्न सरकारसँग माधव नेपाल समूहको माग



पहिलोपोस्ट

बाढी पीडित जनतालाई तत्काल सहयोग गर्न सरकारसँग माधव नेपाल समूहको माग

काठमाडौं : नेकपा एमालेको माधव नेपाल समूहले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल आवास, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, घाइतेहरुको उपचार र मृतकका परिवारलाई आर्थिक सहयोग गर्न सरकारसँग माग गरेको छ। नेपाल समूहले एक विज्ञप्ति जारी गर्दै उद्धार र राहतका कार्यहरु प्रभावकारी, निष्पक्ष र पारदर्शी रुपमा उपलब्ध गराउन समेत माग गरेको छ।

वर्षा याममा प्रत्येक वर्षजसो जनताले व्यहोर्दै आएको बाढी, पहिरो र डुबानको समस्या समाधान गर्न नेपाल सरकारले जिम्मेवारीपूर्वक कुनै पूर्व तयारी गरिएको नदेखिनु दुःखको विषय भन्दै नेपाल समूहले यस्तो स्थितिमा तुरुन्त परिवर्तन हुनुपर्ने बताएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘अहिले मनसुन शुरु मात्र भएको छ। आगामी दिनहरुमा समस्या अझै गम्भीर हुने सम्भावना देखिन्छ। यसको निम्ति समयमै विशेष व्यवस्था गर्नुपर्ने बारेमा राज्यका सम्पूर्ण निकायहरु, जनप्रतिनिधिहरु तथा आम जनसमुदायको ध्यान आकर्षित गर्न चाहछौँ।’

साथै, सो समूहले यस्तो प्राकृतिक विपत्तिमा आ-आफ्नो ठाउँबाट पीडित जनसमुदायको उद्धार र राहत कार्यमा सक्रियताका साथ योगदान गर्न राज्यका सबै अंगहरु, सम्पूर्ण पार्टी, जनसंगठनहरु, जनप्रतिनिधिहरु, पार्टी सदस्यहरु, नागरिक समाज तथा सबै सामाजिक संघसंस्थाहरुलाई आह्वान समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell