PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

तीन दिनपछि खुल्यो पाल्पा-बुटवल सडक



पहिलोपोस्ट

तीन दिनपछि खुल्यो पाल्पा-बुटवल सडक

बुटवल : पहिरो खसेर बन्द भएको पाल्पा-बुटवल सडक सञ्चालनमा आएको छ। गएको मङ्गलवारदेखि बन्द भएको सडक अहिले केहीबेर अघिदेखि सञ्चालनमा आएको हो।

सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा-बुटवल सडकको दर्जनौँ ठाउँमा पहिरो गएपछि बाटो बन्द भएको थियो। पहिरोले बाटो नै बगाएपछि सञ्चालनमा ल्याउन समस्या भएको थियो।

बाढी-पहिरोका कारण अहिले देशका विभिन्न राजमार्गमा अवरोध आएको छ। केही राजमार्ग पूर्णरूपमा बन्द छन् भने केही एकतर्फी खुलेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell