PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

एकद्वार प्रणालीविपरित ओली निकट अनेरास्ववियुले राहत वितरण गरेको भन्दै नेपाल पक्षको विरोध



पहिलोपोस्ट

एकद्वार प्रणालीविपरित ओली निकट अनेरास्ववियुले राहत वितरण गरेको भन्दै नेपाल पक्षको विरोध

काठमाडौं : नेकपा एमाले केपी शर्मा ओली निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरणमा संगठनको झण्डा राखेको भन्दै माधव नेपाल पक्षले विरोध गरेको छ। अनेरास्ववियुको केन्द्रीय टोली राहत वितरणको लागि बुधवार सिन्धुपाञ्चोकको मेलम्ची पुगेको थियो।

राहत वितरण भन्दा संगठनको झण्डा राखेर प्रचार मात्रै गर्न खोजेको भन्दै विरोध गरिएको बताइएको छ। सो क्रममा दुई पक्षबीच झडप समेत भएको थियो। झडपका भिडियोहरु सामाजिक सञ्जालमा देखिएका छन्।

नगरपालिका र सर्वदलीय बैठकले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेपनि अनेरास्ववियुले आफ्नो तरिकाले वितरण गरेपछि विरोध भएको स्थानीय दीपेश खनालले बताए। झडपपछि नेपाल पक्षले ब्यानर हटाइदिएको उनले बताए।

‘नगरपालिकाको निर्देशन नमानेर अनेरास्ववियुले आफ्नै गरिकाले राहत वितरण गर्‍यो, त्यसपछि माधव नेपाल पक्षले सरकारी राहतमा व्यक्तिगत विज्ञापन गर्न पाइन्न भन्दै ब्यानर खोसेर हानाहान गरे,’ उनले भने।

एमाले महासचिव ईश्वर पोखरेलले बुधवार सिन्धुपाञ्चोकको मेलम्चीका बाढी र पहिरो पीडितको उद्धार र राहतका लागि अनेरास्ववियुको टोलीलाई विदाइ गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell