PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

नर्थ म्यासोडोनियालाई हराउँदै युक्रेनको पहिलो जित



पहिलोपोस्ट

नर्थ म्यासोडोनियालाई हराउँदै युक्रेनको पहिलो जित
Photo: Reuters

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा युक्रेनले नर्थ म्यासाडोनियामाथि जित निकालेको छ। रोमानियास्थित नेशनल एरेना स्टेडियममा समूह सम्पन्न 'सी' को खेलमा युक्रेनले २-१ को रोमाञ्चक जित निकालेको हो।

खेलको २९ औं मिनेटमा एन्ड्री यार्मोलेन्कोको गोलमा युक्रेनले अग्रता बनाएको थियो। त्यसको पाँच मिनेट नबित्दै रोमन यारेमछुकले गोल थप्दा पहिलो हाफमा युक्रेन दुई गोलले अघि रह्यो।

दोस्रो हाफमा नर्थ म्यासाडोनियाका एजजान अलिओस्कीले पेनाल्टीमा पाएको अवसर गुमाए। यद्यपि लगत्तै रिबाउन्डमा आएको बललाई दिशा दिँदै म्यासाडोनियाका लागि सान्त्वना गोल निकाले। उता युक्रेनले ८४ औं मिनेटमा पेनाल्टीको अवसर पाए पनि रुस्लान मालिनोभ्स्की गोल गर्न चुकेका थिए।

समूह 'बी' मा पहिलो खेलमा नेदरल्याण्ड्ससँग ३-२ गोलअन्तरले पराजय ब्यहोरेको युक्रेनको यो पहिलो जित हो भने आफ्नो पहिलो खेलमा अस्ट्रियासँग ३-१ गोलअन्तरले हार ब्यहोरेको नर्थ म्यासाडोनियाको लगातार दोस्रो हार हो।

दोस्रो खेलमा समूह 'बी' को डेनमार्क र बेल्जियम भिड्दैछन्। यसअघिको खेलमा रसियामाथि ३-० को सानदार जित निकालेको बेल्जियम दोस्रो जितको खोजीमा हुनेछ भने पहिलो खेलमा फिनल्याण्डसँग पराजय ब्यहोरेको डेनमार्क पहिलो जितको खोजीमा उत्रने छ। खेल पौने १० बजे डेनमार्कको पार्केन स्टेडियममा हुनेछ।

त्यस्तै राति हुने अर्को खेलमा अस्ट्रिया र नेदरल्याण्ड्स आमनेसामने हुनेछन्। प्रतियोगितामा जितसँगै सुखद सुरुवात गरेका अस्ट्रिया र नेदरल्याण्ड्स आफ्नो दोस्रो जितको खोजीमा हुनेछन्। खेल राति पौने १ बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell