PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

डेनमार्कविरुद्ध बेल्जियमको रोमाञ्चक जित



पहिलोपोस्ट

डेनमार्कविरुद्ध बेल्जियमको रोमाञ्चक जित

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा बेल्जियमले डेनमार्कमाथि जित निकालेको छ। कोपेनहेगनस्थित पार्केन स्टेडियममा सम्पन्न समूह ‘बी’को खेलमा बेल्जियमले २-१ को रोमाञ्चक जित निकालेको हो।

खेलको दोस्रो मिनेटमै युसुफ पलसेनको गोलमा डेनमार्कले अग्रता बनाएको थियो। पहिलो हाफमा डेनमार्क १-० गोलले अघि रह्यो।

दोस्रो हाफमा बेल्जियमका थोर्गन हाजार्डले ५५ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यस्तै, ७० औँ मिनेटमा केभिन डि ब्रुएनेले गोल गर्दै बेल्जियमलाई २-१ को जित दिलाए।

यो बेल्जियमको लगातार दोस्रो जित हो भने डेनमार्कको यो दोस्रो हार हो।

अब अर्को खेलमा अस्ट्रिया र नेदरल्याण्ड्स आमनेसामने हुनेछन्। प्रतियोगितामा जितसँगै सुखद सुरुवात गरेका अस्ट्रिया र नेदरल्याण्ड्स आफ्नो दोस्रो जितको खोजीमा हुनेछन्। खेल राति पौने १ बजे शुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell