PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

अस्ट्रियालाई हराउँदै नेदरल्याण्ड्स अन्तिम १६ मा



पहिलोपोस्ट

अस्ट्रियालाई हराउँदै नेदरल्याण्ड्स अन्तिम १६ मा
Photo: Reuters

यूईएफए युरोकप अन्तर्गत गएराति सम्पन्न खेलमा नेदरल्याण्ड्सले अस्ट्रियालाई हराएको छ। नेदरल्याण्ड्सस्थित एम्सटरड्याम एरेनामा १२ हजार दर्शकहरुका बीच सम्पन्न समूह 'सी' को खेलमा डच टोलीले अस्ट्रियामाथि २-० को जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।

खेलको ११ औं मिनेटमै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै मिम्फिस डिपेले नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको डच टोलीका लागि दोस्रो हाफमा डेन्जल डमफ्राइजले अग्रता दोब्बर बनाए। उनले खेलको ६७ औं मिनेटमा गोल गरेका थिए।

अघिल्लो खेलमा युक्रेनमाथि ३-२ गोलअन्तरले जित निकालेको नेदरल्याण्ड्सले अस्ट्रियामाथि जित निकालेसँग ६ अंक जोडेर अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

गएराति सम्पन्न अन्य खेलहरुमा बेल्जियमले डेनमार्कलाई हराउँदै अन्तिम १६ को यात्रा सुनिश्चित गर्दा युक्रेनले नर्थ म्यासेडोनियामाथि जित निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell