PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

कोपा अमेरिका: बराबरीमा रोकिए कोलम्बिया र भेनेजुएला



पहिलोपोस्ट

कोपा अमेरिका: बराबरीमा रोकिए कोलम्बिया र भेनेजुएला
Photo: Copa America

कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न पहिलो खेलमा कोलम्बिया र भेनेजुएला बराबरीमा रोकिएका छन्। स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न समूह 'ए' को खेलमा कोलम्बिया र भेनेजुएला गोलरहित बराबरीमा रोकिएका हुन्।

खेल अवधिभर भेनेजुएलामाथि दवाब बनाएर पनि कोलम्बिया गोल गर्न चुकेको थियो। खेलको इन्ज्युरी समयमा कोलम्बियाका लुइस डियाज रेड कार्ड खाँदै बाहिरिएका थिए। प्रतियोगिताको उद्घाटन खेलमै आयोजक राष्ट्र ब्राजिलसँग पराजय ब्यहोरेको भेनेजुएलाले दोस्रो खेलमा कोलम्बियासँग अंक बाँडेको हो। अर्कोतर्फ कोलम्बियाले आफ्नो पहिलो खेलमा इक्वेडरमाथि १-० को जित निकालेको थियो। यो सँगै कोलम्बियाले २ खेलबाट ४ अंक जोडेको छ।

समूह 'ए' कै अर्को खेलेमा ब्राजिल र पेरु प्रतिस्पर्धामा छन्। ब्राजिलले आफ्नो पहिलो खेलमा भेनेजुएलालाई हराएको थियो भने पेरुको यो प्रतियोगितामा पहिलो खेल हो।

प्रतियोगितमा ५/५ टिमको दुई समूह बनाइएको छ। दुबै समूहका शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल खेल्ने छन्।

समूह ए

ब्राजिल, कोलम्बिया, इक्वेडर, भेनेजुएला, पेरु

समूह बी

अर्जेन्टिना, पाराग्वे, उरुग्वे, चिली, बोलिभिया



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell