असार लागेसँगै रोपाईको चटारो शुरु भएको छ। शहरदेखि गाउँसम्म धान खेतहरुमा रोपहार, बाउसे र हलीलाई भ्याइनभ्याई छ।
यसपटक मनसुन पनि चाँडै भित्रिएकोले रोपाईको चटारो परेको किसानहरु बताउँछन्। ललितपुरको दक्षिणी भेगमा पनि यसरी नै रोपाई शुरु भएको छ। ललितपुरस्थित छम्पीमा बिहीवार भएको रोपाईको दृश्य :