कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न दोस्रो खेलमा ब्राजिलले पेरुमाथि जित निकालेको छ। ब्राजिलको ओलम्पिक स्टेडियममा सम्पन्न खेलमा आयोजक टोलीले ब्राजिलले ४-० को सानदार जित निकालेको हो।
खेलको १२ औं मिनेटमा गाब्रियल जिससको पासले अलेक्स सान्ड्रो गोल गर्दा ब्राजिलले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको ब्राजिलका लागि दोस्रो हाफमा नेइमारले अग्रता दोब्बर बनाए। उनले खेलको ६८ औं मिनेटमा गोल गर्दा ८९ औं मिनेटमा एभर्टन रिबेइरोले गोल थपे। त्यस्तै इन्ज्युरी समयमा रिचार्लिसनले गोल गर्दा ब्राजिलले ४-० को सानदार जित निकालेको हो।
यसअघि उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलामाथि ३-० को सानदार जित निकालेको थियो। जितसँगै समूह ए मा ६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ।
आजै बिहान सम्पन्न पहिलो खेलमा कोलम्बिया र भेनेजुएलाबीचको खेल भने गोलरहित बराबरीमा रोकिएको थियो।
प्रतियोगितमा ५/५ टिमको दुई समूह बनाइएको छ। दुबै समूहका शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल खेल्ने छन्।
समूह ए
ब्राजिल, कोलम्बिया, इक्वेडर, भेनेजुएला, पेरु
समूह बी
अर्जेन्टिना, पाराग्वे, उरुग्वे, चिली, बोलिभिया
