PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

श्रीमतीको हत्या अभियोगमा श्रीमान् समातिए



पहिलोपोस्ट

श्रीमतीको हत्या अभियोगमा श्रीमान् समातिए

काठमाडौंः प्रहरीले हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङको टोलीले हत्याको अभियोगमा दाङ घोराही उपमहानगरपालिका वडा नम्बर ३ बस्ने ५७ वर्षीय मुन्कुलाल चौधरीलाई पक्राउ गरेको हो।

चौधरीले बुधवार दिउँसो आफ्नै ४७ वर्षीय श्रीमती स्याना कुमारी चौधरीलाई बन्चरो प्रहार गरी हत्या गरेको अनुसन्धानमा देखिएपछि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। चौधरीको बिहीबार उपचारको क्रममा मेडिकल कलेज कोहलपुर, बाँकेमा मृत्यु भएको थियो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell