PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

भारतमा घट्दै संक्रमित, मृत्यु हुनेको संख्या पनि घट्दो



पहिलोपोस्ट

भारतमा घट्दै संक्रमित, मृत्यु हुनेको संख्या पनि घट्दो

भारतमा पछिल्लो २४ घन्टामा ६२ हजार ४ सय ८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यस अवधिमा १ हजार ५ सय ८७ जनाको मृत्यु भएको छ। 

यसबिच ८८ हजार ९ सय ७७ जना संक्रमणमुक्त भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै भारतमा संक्रमित हुनेको संख्या २ करोड ९७ लाख ६२ हजार ७ सय ९३ रहेको छ। मृत्यु हुनेको संख्या ३ लाख ८३ हजार ४ सय ९० रहेको छ। अहिले भारतमा एक्टिभ केस ७ लाख ९८ हजार ६ सय ५६ रहेको छ। भारतमा अहिलेसम्म २६ करोड ८९ लाख ६० हजार ३ सय ९९ जनालाई कोभिड १९ विरुद्धको खोप लगाइसकिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell