PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'म केही गर्छु' शीर्षकमा उत्कृष्ट सर्ट फिल्‍म बनाउनेलाई २ लाखभन्दा बढी दिइने



पहिलोपोस्ट

'म केही गर्छु' शीर्षकमा उत्कृष्ट सर्ट फिल्‍म बनाउनेलाई २ लाखभन्दा बढी दिइने

काठमाडौं : राष्ट्रिय युवा संघ नेपालले लघु फिल्म (सर्ट फिल्म) प्रतियोगिता आयोजना गरेको छ। ‘म केही गर्छु’ शीर्षकमा एनवाइएफ सर्ट फिल्म प्रतियोगिता-२०७८ घोषणा गरिएको हो।

लकडाउनका कारण घरबाट बाहिर निस्कन नपाएका युवा केन्द्रित यस प्रतिभा पहिचान, प्रस्फुटन तथा प्रवद्र्धन गर्ने उद्देश्य राखेको जनाइएको छ। इच्छुक फिल्मकर्मीले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन आदि विषयमा केन्द्रित रही बढीमा ५ मिनेटसम्मको फिल्म बनाउनु पर्नेछ।

सहभागी हुन चाहाने फिल्मकर्मीले सुरुमा ‘म केही गर्छु’ भन्ने विषयमा केन्द्रित रही यही असार २५ सम्‍ममा स्क्रिप्ट बुझाउनु पर्नेछ। आएका स्क्रिप्टलाई विज्ञ समूहले अध्ययन गरी आवश्यक परामर्श तथा सुझाव दिनेछ। यो प्रक्रियाबाट बनेका फिल्महरु मध्ये उत्कृष्ट तीन फिल्मलाई पुरस्कृत हुनेछन्। पहिलो हुने फिल्मले २ लाख ५० हजार, दोस्रो हुने फिल्मले १ लाख ५० हजार र तेस्रो हुने फिल्मले १ लाख रुपैंया प्राप्त गर्नेछन्।

नेपाल फिल्म एकेडेमी सहआयोजक रहेको प्रतियोगितालाई नेसनल युथ काउन्सिलले प्रवद्र्धन गर्नेछ। त्यसैगरी प्रतियोगितालाई चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, अफरिङ ह्याप्पीनेस र प्रमोटर्स नेपालको सहयोग रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell