PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत



रिना थापा

मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका छन्।

आज प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेले संविधानको धारा १६८ को उपधारा ६ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका हुन् । प्रस्ताव पेश गरेपछि उनले आफूलाई विश्वासको मत दिन सांसदहरुलाई आग्रह गरेका छन्।

जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका पोखरेलले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। उनले आज शुक्रवार प्रदेशसभा बैठकमा प्रस्ताव पेश गरेका हुन्। बाढी पहिरो पीडितको राहत बोकेर बिहीवार मनाङ पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल पोखरा आइपुगेका थिए।

मौसमको खराबीका कारण बिहीवार मनाङमा रोकिएका उनी आज बिहान पोखरा फर्केका हुन्। अहिले सभामा पोखरेलले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell