PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

राहतमा पनि राजनीति घुसाएको देख्दा दु:ख लाग्यो : निर्देशक मिलन चाम्स



पहिलोपोस्ट

राहतमा पनि राजनीति घुसाएको देख्दा दु:ख लाग्यो : निर्देशक मिलन चाम्स

काठमाडौं : फिल्म निर्देशक तथा निर्माता मिलन चाम्सले मेलम्चीमा बाढी प्रभावितलाई दिइने राहतमा पनि राजनीति घुसाएको आरोप लगाएका छन्। राहत वितरण गरेर फर्किएका चाम्सले त्यहाँ देखिएको अवस्थाबारे फेसबुकमा लेखेका हुन्।

उनले मेलम्चीको अवस्था युद्ध भूमी जस्तो देखिएको र त्यहाँका जनताहरु अझै त्रासमा जिउन बाध्य भएको बताएका छन्। ‘मेलम्चीमा राहतमा पनि राजनीति घुसाइएको जन गुनासो सुन्दा दुःख लागेर आयो। हाम्रो टिम त्यहाँ पुग्दा झगडाको नजिक पुगेर नारा जुलुस भइरहेको थियो भने पीडितहरुमध्ये धेरैले विहीवारसम्म पनि राहत पाउनु भएको थिएन,’ उनले लेखेका छन्।

त्यसैगरि सिन्धुपाल्चोक पुगेर फर्किएपछि अभिनेत्री आँचल शर्माले पनि त्यहाँको परिस्थिती कहालीलाग्दो रहेको बताएकी छिन्। सबैको सपना मेलम्चीले बगाएर लगेको उनको ठम्याइ छ।

सबै नेपालीहरू एकजुट भएर सिन्धुपाल्चोकबासीका बगेका सपनालाई पूल बनेर पुरानै लयमा फर्काउनुपर्ने उनले फेसबुकमार्फत उल्लेख गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell