PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

कोपा अमेरिकामा दुई खेल: अर्जेन्टिनाको प्रतिस्पर्धा उरुग्वेसँग



पहिलोपोस्ट

कोपा अमेरिकामा दुई खेल: अर्जेन्टिनाको प्रतिस्पर्धा उरुग्वेसँग

कोपा अमेरिका अन्तर्गत भोलि बिहान दुई खेल हुँदैछन्।

शनिवार बिहान हुने पहिलो खेलमा चिली र बोलिभिया आमनेसामने हुनेछ। एरेना प्यान्ट्यानल स्टेडियममा बिहान पौने ३ बजे खेल सुरु हुनेछ। समूह 'बी' मा आफ्नो पहिलो खेलमा अर्जेन्टिनासँग बराबरी खेलेको चिली पहिलो जितको खोजीमा उत्रने छ भने आफ्नो पहिलो खेलमा पाराग्वेसँग पराजय ब्यहोरेको बोलिभिया पनि पहिलो जितको खोजीमा हुनेछ।

त्यस्तै बिहान पौने ६ बजे हुने दोस्रो खेलमा अर्जेन्टिना र उरुग्वे भिड्नेछन्। अर्जेन्टिनाले यसअघिको आफ्नो खेलमा चिलीसँग १-१ को बराबरी खेलेको थियो भने सबभन्दा धेरै पटक (१५) कोपा अमेरिका जितेको उरुग्वेका लागि जारी प्रतियोगितामा यो पहिलो खेल हुनेछ।

समूह 'बी' मा तीन अंक जोडेको पाराग्वे शीर्षस्थानमा छ भने समान १/१ अंक जोडेका अर्जेन्टिना र चिली दोस्रो र तेस्रो स्थानमा छन्।

प्रतियोगितमा ५/५ टिमको दुई समूह बनाइएको छ। दुबै समूहका शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल खेल्ने छन्।

समूह ए

ब्राजिल, कोलम्बिया, इक्वेडर, भेनेजुएला, पेरु

समूह बी

अर्जेन्टिना, पाराग्वे, उरुग्वे, चिली, बोलिभिया



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell