PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कलाकार मनोज गजुरेल अब ‘सिरिजङ्गाको छोरो’



पहिलोपोस्ट

कलाकार मनोज गजुरेल अब ‘सिरिजङ्गाको छोरो’

काठमाडौं : कलाकार मनोज गजुरेल ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको पर्यटन सद्भावना दूत नियुक्त भएका छन्। साथै गाउँपालिकाको नवौं सभाले उनलाई ‘सिरिजङ्गाको छोरो’ उपनाम समेत दिएको छ।

ताप्लेजुङ जिल्लाको मामाङखेमा जन्मिएका हुन् गजुरेल। सोही क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सद्भावना दूत चुनिएका हुन्। यसबारे पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले फेसबुकमार्फत जानकारी दिएका छन्।

साथै भट्टराईले कलाकार गजुरेललाई बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell