PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पाए विश्वासको मत



रिना थापा

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पाए विश्वासको मत

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन्।

जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका पोखरेलले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोही अनुसार उनले आज प्रदेशसभा बैठकमा विश्वासको प्रस्ताव पेश गरेका थिए।

उनको प्रस्तावको पक्षमा ३१ मत र  विपक्षीमा २७ मत खसेको छ। नेकपा (माओवादी केन्द्र) का ११, नेपाली कांग्रेसका १५, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका २/२ र एक स्वतन्त्र सांसद गरि मुख्यमन्त्री पोखरेललाई ३१ सांसदको साथ छ। नेकपा एमालेले पोखरेलको विपक्षमा मतदान गरेको थियो। 

पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत प्राप्ता गर्न नसकेपछि उनी पदमुक्त भएका थिए। त्यसपछि गठबन्धनको सहयोग प्राप्त पोखरेल मुख्यमन्त्री नियुक्त भएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell