PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

ट्राइसिरिजको तयारीका लागि बन्द प्रशिक्षणमा २० जना खेलाडी



पहिलोपोस्ट

ट्राइसिरिजको तयारीका लागि बन्द प्रशिक्षणमा २० जना खेलाडी
फाइल फोटो

काठमाडौं: राष्ट्रिय क्रिकेट टोलीका २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ। नेपाल क्रिकेट संघ क्यानले एक विज्ञप्ति निकाल्दै विश्वकप लिग २ अन्तर्गत जुलाइ महिनामा तय नेपाल, नामिबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो।

विश्वकप लिग टू अन्तर्गतको खेल जुलाइ महिनामा स्पेनमा हुने निर्धारण गरिएको छ। नेपालले यसअघि लिग टू अन्तर्गत अमेरिका र ओमनसँग घरेलु मैदानमा खेलेको थियो। जसमा दुई जित र दुई हार ब्यहोरेको थियो।

यी हुन् २० सदस्यीय खेलाडी

ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दीपेन्द्र सिंह ऐरी, आशिफ शेख, कुशल मल्ल, बिनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अभिनास बोहोरा, सन्दीप जोरा, साहब आलम, सुशान भारी, शरद भेषावाकर, विक्रम शोब, पवन सर्राफ, पृथु बास्कोटा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell