PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

बाघको आक्रमणबाट कास्कीमा दुई जना घाइते, स्थानीयको प्रतिकारमा बाघको मृत्यु



रासस

बाघको आक्रमणबाट कास्कीमा दुई जना घाइते, स्थानीयको प्रतिकारमा बाघको मृत्यु
फाइल फोटो (रासस)।

कास्की : कास्कीमा बाघको आक्रमणबाट आज दुई जना घाइते भएका छन्। कास्कीको रुपा गाउँपालिका-७ धारापानी बस्ने ३४ वर्षीय तुलबहादुर गुरुङ र ३२ वर्षीय मीलन गुरुङ बाघको आक्रमबाट घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

तुलबहादुर बिहान आफ्नै बारीमा घाँस काट्न जाँदा अचानक बाघ देखेपछि भाग्ने क्रममा पछाडिबाट चिथोरेर बाघले घाइते बनाएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

यसैगरी, स्थानीयवासीले देखेर बाघको प्रतिकार गर्ने क्रममा सोही ठाउँ बस्ने ३२ वर्षीय मीलन गुरुङसमेत टाउकामा चोट लागेर घाइते भएको र दुवैको भिरचोक स्वास्थ्य चौकीमा उपचार गरिएको प्रहरीले जनाएको छ। स्थानीयवासीको प्रतिकारका क्रममा बाघको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell