PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

पेप्सीकोलामा नेविसंघले जलायो प्रधानमन्त्रीको पुतला

पेप्सीकोलामा नेविसंघले जलायो प्रधानमन्त्रीको पुतला

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : नेपाल विद्यार्थी संघले शुक्रवार राजधानीमा मसाल जुलुस निकालेको छ। नेविसंघ गुल्मी काठमाडौं सम्पर्क समितिले पेप्सीकोलामा मसाल जुलुस निकालेको हो।

सो क्रममा नेविसंघका नेताहरुले प्रतिनिधिसभा विघटनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला समेत जलाएका छन्। सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो।

प्रदर्शन गर्दै नेविसंघ नेताहरुले सरकारविरुद्ध नारा लगाएका थिए। प्रहरीले प्रदर्शनमा उत्रेका नेविसंघ नेताहरुलाई पक्राउ गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell