PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

हेलम्बु क्षेत्रमा पुनः पर्‍यो पानी, मेलम्चीमा बढ्यो बहाव



पहिलोपोस्ट

हेलम्बु क्षेत्रमा पुनः पर्‍यो पानी, मेलम्चीमा बढ्यो बहाव
फाइल फोटो

सिन्धुपाल्चोकः सिन्धुपाल्चोकको हेलम्बु तथा मेलम्ची क्षेत्रमा बाढी क्षति पुर्‍याउने क्रम जारी छ। मंगलबारदेखि हेलम्बु क्षेत्रमा निरन्तर पानी परेपछि मेलम्ची तथा याङ्ग्री खोलामा बाढी आएको थियो। दुई खोलाको संगमस्थलभन्दा केही तल मेलम्ची बजारमा पनि बाढीले वितण्डा मच्चाएको छ। बाढीले क्षति पुर्‍याउने क्रम जारी छ। 

यसैबीच शुक्रबार साँझ पुनः हेलम्बु क्षेत्रमा पानी गरेको छ। पानी परेसँगै ठूलो बाढी आएको छ। हेलम्बु गाउँपालिका १ का स्थानीय निमा शेर्पाले पानी परेसँगै पुन बाढी बढेको बताए। 

शुक्रबार साँझको बाढीले चनौटे, ग्याल्थुम लगायतका क्षेत्रमा बढी क्षति पुर्‍याएको स्थानीयहरुले बताएका छन्। 

हेलम्बुमा पानी परेपछि मेलम्चीमा पनि बहाव बढेको छ। मेलम्ची बजार आसपासका क्षेत्रमा पुनः इन्द्रावती उर्लिएको छ। 

स्थानीय रेडियो मेलम्चीका प्रमुख डम्बर रसिकले नदीले ठूलो मात्रामा काठपात बगाएर ल्याएको समेत बताए। मेलम्ची बजार आसपासका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पुनः आग्रह गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell