PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

चीनमा पहिरोका कारण थुनियो नदी, तामाकोशी नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन स्थानीय प्रशासनको अपिल



पहिलोपोस्ट

चीनमा पहिरोका कारण थुनियो नदी, तामाकोशी नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन स्थानीय प्रशासनको अपिल

काठमाडौँः तामाकोशी नदीमा कुनै पनि समय पानीको बहाव बढ्ने भन्दै स्थानीय प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन अपिल गरेको छ। जिल्ला प्रशासन कार्यालय दोलखाले आकस्मिक सूचना जारी गर्दै सतर्क रहन अपिल गरेको हो।

शुक्रबार राति सूचना जारी गर्दैै स्थानीय प्रशासनले खतराको संकेत प्राप्त हुनसाथ सुरक्षित स्थानमा जान र स्थानीय जनप्रतिनिधि तथा सुरक्षा निकायलाई जानकारी गराउन पनि अपिल गरेको हो। 

नेपाल चीन सीमामा रहेको तीनग्री काउन्टीको रोङस्या शहर र आसपासका क्षेत्रमा वर्ष हुँदा नदी थुनिएको भन्दै प्रशासनले सो सूचना जारी गरेको हो। प्रशासनले नेपाल चीन सीमाका बस्तीमा पनि सतर्कता अपनाउन आग्रह गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell