PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

युरो कप : बराबरीमा रोकिए क्रोएसिया र चेक रिपब्लिक



पहिलोपोस्ट

युरो कप : बराबरीमा रोकिए क्रोएसिया र चेक रिपब्लिक

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिक बराबरीमा रोकिएका छन्। ग्लासगोस्थित ह्याम्प्डेन पार्क स्टेडियममा सम्पन्न समूह ‘डी’को खेलमा क्रोएसिया र चेक रिपब्लिक १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेलको ३७ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै प्याट्रिक सिकले चेक रिपब्लिकलाई अग्रता दिलाए। पहिलो हाफमा चेक रिपब्लिक १-० गोलले अघि रह्यो।

दोस्रो हाफमा क्रोएसियाका इभान पेरिसिकले ४७ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। क्रोएसियाले पटक पटक पाएका मौकालाई गोलमा परिणत गर्न सकेन।

अब अर्को खेलमा इङ्ल्याण्ड र स्कटल्याण्ड आमनेसामने हुनेछन्। खेल राति पौने १ बजे शुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell