PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

इङ्ग्ल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए



पहिलोपोस्ट

इङ्ग्ल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए
Photo: Reuters

यूईएफए युरो कप अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्ल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिएका छन्। इङ्ग्ल्याण्डको वेम्बली स्टेडियममा २२५०० दर्शकबीच सम्पन्न समूह 'डी' को खेलमा यी दुई टोली गोलरहित बराबरीमा रोकिएका हुन्।

प्रतिस्पर्धात्मक खेलमा दुबै टीमले राम्रा अवसरहरु बनाएर पनि फिनिसिङमा चुकेका थिए। यसअघिको खेलमा चेक रिपब्लिकसँग २-० ले पराजय ब्यहोरेको स्कटल्याण्डले युरो कपको प्रमुख उपाधि दावेदारमध्येमा हेरिएको इङ्ग्ल्याण्डसँग अंक बाँड्न सफल भयो। अर्कोतर्फ पहिलो खेलमा क्रोएसियालाई हराएर सुखद सुरुवात गरेको इङग्ल्याण्डले अन्तिम १६ मा स्थान बनाउन अझै अर्को खेल कुर्नुपर्ने भएको छ।

त्यस्तै गएराति नै सम्पन्न समूह 'डी' कै अर्को खेलमा क्रोएसिया र चेक रिपब्लिक १-१ को बराबरीमा रोकिए।

यो सँगै समूह 'डी' मा चेक रिपब्लिक र इङ्ग्ल्याण्ड समान चारअंकसहित शीर्ष दुईमा छन् भने समान १/१ अंक जोडेका क्रोएसिया र स्कटल्याण्ड तेस्रो र चौथो स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell