कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न समूह 'बी'को खेलमा चिलीले बोलिभियामाथि जित निकालेको छ। एरेना प्यानट्यानलमा सम्पन्न खेलमा चिलीले बोलिभियामाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।
बेन ब्रेरेटनको गोलमा खेलको १० औं मिनेटमा अग्रता बनाएको चिलीले बोलिभियामाथि खेल अवधिभर दवाब बनाएको थियो। केही राम्रा अवसर बनाए पनि बोलिभियाका गोलकिपरले त्यसलाई बिफल बनाइदिएका थिए।
यसअघिको खेलमा अर्जेन्टिनासँग बराबरी खेलेको चिली ४ अंक जोड्दै समूहको शीर्षस्थानमा छ। उता पहिलो खेलमा पाराग्वेसँग पराजय ब्यहोरेका बोलिभियाले लगातार दोस्रो खेलमा जित निकाल्न सकेन। समूह बी मा पाराग्वे ३ अंक जोडेर दोस्रो स्थानमा रहँदा १ अंक जोडेको अर्जेन्टिना तेस्रो स्थानमा छ। अर्जेन्टिनाले आजै प्रतियोगितामा पहिलो खेल खेल्न गइरहेको उरुग्वेसँग प्रतिस्पर्धा गर्दैछ।
प्रतियोगितमा ५/५ टिमको दुई समूह बनाइएको छ। दुबै समूहका शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल खेल्ने छन्।
समूह ए
ब्राजिल, कोलम्बिया, इक्वेडर, भेनेजुएला, पेरु
समूह बी
अर्जेन्टिना, पाराग्वे, उरुग्वे, चिली, बोलिभिया
