PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

उरुग्वेमाथि अर्जेन्टिनाको संघर्षपूर्ण जित



पहिलोपोस्ट

उरुग्वेमाथि अर्जेन्टिनाको संघर्षपूर्ण जित

कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न दोस्रो खेलमा अर्जेन्टिनाले प्रतियोगितामा आफ्नो पहिलो जित निकालेको छ। स्टेडियो नासिओनल डी ब्रसिल्लामा सम्पन्न समूह 'बी' को खेलमा अर्जेन्टिनाले उरुग्वेमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

प्रतिस्पर्धात्मक खेलको १३ औं मिनेटमा नै अर्जेन्टिनाले अग्रता बनाएको थियो। कप्तान लियोनल मेस्सीको पासमा गुइडो रोड्रिगेजले गरेको उक्त गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो।

जितसँगै अर्जेन्टिना समूह 'बी' को शीर्षस्थानमा उक्लिएको छ। पहिलो खेलमा चिलीसँग १-१ को बराबरी खेलेको अर्जेन्टिनाले ४ अंक जोडेको छ। त्यस्तै आजै बिहानस सम्पन्न खेलमा चिलीले बोलिभियालाई हराउँदै समान ४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। त्यस्तै तीन अंक जोडेको पाराग्वे तालिकाको तेस्रो स्थानमा छ भने बोलिभिया र उरुग्वे जितबिहीन छन्।

प्रतियोगितमा ५/५ टिमको दुई समूह बनाइएको छ। दुबै समूहका शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल खेल्ने छन्।

समूह ए

अर्जेन्टिना, पाराग्वे, उरुग्वे, चिली, बोलिभिया

समूह बी

ब्राजिल, कोलम्बिया, इक्वेडर, भेनेजुएला, पेरु



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell