PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

युरो कपमा आज तीन खेल: फ्रान्स भर्सेस हंगेरी, पोर्चुगल भर्सेस जर्मनी र पोल्याण्ड भर्सेस स्पेन



पहिलोपोस्ट

युरो कपमा आज तीन खेल: फ्रान्स भर्सेस हंगेरी, पोर्चुगल भर्सेस जर्मनी र पोल्याण्ड भर्सेस स्पेन

यूईएफए युरोकपमा आज तीन खेल हुँदैछन्।

आज हुने पहिलो खेलमा समूह 'एफ' का फ्रान्स र हंगेरी आमनेसामने हुनेछन्। साँझ पौने सात बजे हंगेरीको फेरेन्क पुस्कास स्टेडियममा हुने खेलमा यी दुई टोली प्रतिस्पर्धामा उत्रने छन्। विश्वकपमा साविक विजेता फ्रान्सले यसअघिको खेलमा उपाधिको सदाबहार प्रमुख दावेदार जर्मनीलाई १-० गोलअन्तरले हराउँदै सुखद सुरुवात गरेको थियो। त्यस्तै हंगेरी आफ्नो पहिलो खेलमा युरो कपको साविक विजेता पोर्चुगलसँग ३-० ले पराजित भएको थियो।

त्यस्तै आज हुने दोस्रो खेलमा जर्मनी र पोर्चुगल आमनेसामने हुनेछन्। जर्मनीको एलिनाज एरेनामा हुने खेलमा यी दुई हेबि वेट टिम भिड्नेछन्। आफ्नो पहिलो खेलमा फ्रान्ससँग पराजय ब्यहोरेको जर्मनी जितको लागि दवाबमा हुनेछ भने हंगरीविरुद्ध ३ अंक जोडेको पोर्चुगल पनि जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउन चाहनेछ। शीर्ष तहमा पोर्चुगलले जर्मनीमाथि पछिल्लो पटक सन् २००० को युरो कपमा हराएको थियो। खेल बेलुकी पौने १० बजे सुरु हुनेछ।

त्यस्तै भरे राति हुने तेस्रो खेलमा स्पेन र पोल्याण्ड भिड्नेछन्। दुबै टोली आफ्नो पहिलो जितको खोजीमा हुनेछन्। समूह ई को आफ्नो पहिलो खेलमा स्वीडेनमाथि दवाब बनाएर पनि गोल गर्न नसक्दा बराबरीमा रोकिएको स्पेन पोल्याण्डविरुद्ध जितको खोजीमा हुनेछ। त्यस्तै स्लोभाकियासँग पराजित हुँदै प्रतियोगितामा खराब सुरुवात गरेको पोल्याण्ड पनि पहिलो जितको खोजीमा हुनेछ। खेल राति पौने १ बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell