PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

भक्तपुरमा खाल्डोमा डुबेर १० वर्षीय बालकको मृत्यु



पहिलोपोस्ट

भक्तपुरमा खाल्डोमा डुबेर १० वर्षीय बालकको मृत्यु

काठमाडौंः भक्तपुरमा पानीको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ।

भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्वर ९ बस्ने १० वर्षीय बालकको मृत्यु भएको हो। शुक्रवार बिहान ११ बजेदेखि हराएका बालक खोजी गर्दै जाँदा घर नजिकैको बि एम इट्टा भट्टाको कम्पाउण्डमा खनिएको खाल्डोमा मृत अबस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

शवलाई पोष्टमार्टमको लागि भक्तपुरको दुवाकोटमा रहेको केएमसी अस्पताल लगिएको छ। त्यस्तै घटनाको थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell