PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

जर्मनीका प्रशिक्षक भन्छन्: पोर्चुगलमा रोनाल्डो बाहेकका अन्य उत्कृष्ट खेलाडीहरु पनि छन्, जो खेलमा निर्णायक बन्न सक्छन्



पहिलोपोस्ट

जर्मनीका प्रशिक्षक भन्छन्: पोर्चुगलमा रोनाल्डो बाहेकका अन्य उत्कृष्ट खेलाडीहरु पनि छन्, जो खेलमा निर्णायक बन्न सक्छन्

यूईएफए युरोकप अन्तर्गत आज राति तीन खेल हुँदैछन्। जसमध्ये दोस्रो खेलमा प्रतिस्पर्धामा उत्रिदैँछन् दुई हेभिवेट टिमहरु पोर्चुगल र जर्मनी।

आफ्नो पहिलो खेलमा फ्रान्ससँग पराजय व्यहोरेको जर्मनी जितको लागि दवाबमा हुनेछ भने हंगरीविरुद्ध ३ अंक जोडेको पोर्चुगल पनि जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउने रणनीति लिएर मैदानमा उत्रनेछन्। शीर्ष तहमा पोर्चुगलले जर्मनीमाथि पछिल्लो पटक सन् २००० को युरो कपमा विजय हासिल गरेको थियो।

आजको खेल नेपाली समय अनुसार बेलुकी पौने १० बजे सुरु हुनेछ। जर्मनीको एलिनाज एरिनामा हुने खेलमा फुटबल समर्थकको चासो रहन्छ नै।

युरो कपमा सर्वाधिक गोलकर्ता रहेका पोर्चुगलका कीर्तिमानी स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले जर्मनीविरुद्ध हालसम्म गोल गर्न सकेका छैनन्। जर्मनीविरुद्ध उनले ४ खेलमा ३६० मिनेटमा २३ पटक प्रहार गर्दा गोल भने गर्न सकेका छैनन्।

पहिलो खेलमा जित निकालेको पोर्चुगल उच्च आत्मविश्वासका साथ खेल्नेछ भने जर्मनी जित्नपर्ने दवाबमा हुनेछ। जर्मनीका प्रशिक्षक जोआसिम ल ले आफ्नो टीमलाई मुख्य प्रतियोगिताहरुमा पाँचौं पटक पोर्चुगलविरुद्ध तयार गर्दैछन्। पछिल्ला ठूला खेलका नजिता हेर्दा पोर्चुगल जर्मनीको 'प्रिय प्रतिस्पर्धी' देखिन्छ यस्तोमा आफ्नो पक्षमा नतिजा ल्याउन जर्मनीकै मैदानमा पोर्चुगललाई कठिन हुने देखिन्छ।

के भन्छन् प्रशिक्षक?

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्टोस दुवै टिम एकअर्कालाई हराउन सक्षम भएकाले यसलाई सम्मान गर्नपर्ने बताउँछन्।

'म जर्मनीसँग डराएको छैन। मलाई लाग्छ दुवै टिमले एकअर्कालाई सम्मान गर्नुपर्छ किनभने दुवै टिममा खेलका लागि निर्णायक बन्न सक्ने शक्तिहरु छन्,' पोर्चुगिच प्रशिक्षक सान्टोसले भनेका छन्,' यो सोच्ने हो भनेकी पोर्चुगल जर्मनीका 'प्रिय प्रतिस्पर्धी' हुन र हामी जर्मनीमै खेल्दैछौं भने यो सीमा पार हुनेछ। यदि खेलाडीले त्यसरी सोचें भने हामी खेल बराबरी गर्न पनि सक्षम हुने छैनौं।'

त्यस्तै जर्मनीका प्रशिक्षक जोआसिम ल ले पोर्चुगलमा क्रिस्टियानो रोनाल्डो बाहेक पनि खेलमा निर्णायक बन्न सक्ने केही खेलाडी रहेकाले त्यसबाट सजग हुनुपर्ने बताएका छन्।

'पोर्चुगलमा क्रिस्टियानो रोनाल्डोमात्रै आक्रामक छैनन्, उनी बाहेक चार वा पाँच जना अन्य असाधारण क्षमताका खेलाडी पनि छन्,' ल ले भनेका छन्, 'उनीहरु आफ्नो क्षमताले खेलमा निर्णायक बन्न सक्छन्। उनीहरु टेक्निकल हिसाबले पनि बलिया छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell