PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

आँधीखोला तर्ने क्रममा बगेका एक पुरुष मृत अवस्थामा फेला



रासस

आँधीखोला तर्ने क्रममा बगेका एक पुरुष मृत अवस्थामा फेला

स्याङ्जा : स्याङ्जाको आँधीखोला तर्ने क्रममा खोलामा बगेका एक पुरुष मृत अवस्थामा भेटिएका छन्।

पुतलीबजार नगपालिका-४, राङ्कोषका ५१ वर्षीय टेकबहादुर थापा आज दिउँसो मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell