PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

जगदम्बा स्टिलको भट्टीमा विस्फोट हुँदा आगलागी, दुई दमकलले आगो निभाउँदै



पहिलोपोस्ट

जगदम्बा स्टिलको भट्टीमा विस्फोट हुँदा आगलागी, दुई दमकलले आगो निभाउँदै
फाइल फोटो।

वीरगंज : वीरगंज-पथलैया औद्योगिक करिडोरअन्तर्गत बाराको सिमरामा सञ्चालित जगदम्बा स्टिल प्रालिमा शनिवार साँझ साढे ७ बजे आगलागी भएको छ। फलाम गलाउने भट्टी पड्केर आगलागी भएको बारा प्रहरीका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए।

‘केहीबेर अघि मात्रै विस्फोट भएर उद्योगमा भीषण आगलागी भएको छ, जितपुरसिमरा उपमहानगरपालिका र अमलेखगंज डिपोको गरी दुई वटा दमकलले आगो निभाउने प्रयास भइरहेको छ,’ उनले भने।

प्रारम्भिक जानकारी अनुसार आगलागीमा एक जना घाइते भएको र थप विवरण आउन बाँकी रहेको उनले बताए। आगो नियन्त्रणमा लिन पर्सा र बाराका सुरक्षाकर्मी परिचालन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell