PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

स्कटल्याण्डमा बस्ने नेपालीले नारायणी अस्पताललाई दिए ५ थान अक्सिजन कन्सन्ट्रेटर



पहिलोपोस्ट

स्कटल्याण्डमा बस्ने नेपालीले नारायणी अस्पताललाई दिए ५ थान अक्सिजन कन्सन्ट्रेटर

वीरगंज : कोभिड-१९ राहत सहयोग समिति स्कटल्याण्डले वीरगंजस्थित नारायणी अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ। गैरआवासीय नेपाली संघमार्फत खरिद गरिएको २० थान अक्सिजन कन्सन्ट्रेटरमध्ये पाँच थान नारायणीलाई सहयोग गरिएको हो।

जर्मनीमा निर्मित १० लिटर क्षमता भएको उक्त कन्सन्ट्रेटर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र बहादुर प्रधानलाई हस्तान्तरण गरिएको थियो। सो अवसरमा डा  प्रधानले स्कटल्याण्डका नेपाली संघसंस्था तथा व्यक्तिहरुले गरेको सहयोगप्रति अस्पताल निकै आभारी भएको बताए।

कन्सन्ट्रेटरले कोरोना संक्रमितको उपचारमा निकै ठूलो मद्दत पुग्ने डा प्रधानले बताए। कन्सन्ट्रेटर सहयोगमा गैरआवासीय नेपाली संघ स्कटल्याण्ड, नेपाल स्कटल्याण्ड एसोसिएसन, स्कट स्पोर्ट्स् क्लब, ग्लास्गो नेपाली एसोसिएसन, दियो क्लब युके, नेपाल स्कटिस सोसाइटीलगायत संघसंस्थाको सहयोग रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell