A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a7ccc67cba7a0.57652283): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a7ccc67cba7a0.57652283,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा २ जनाको मृत्यु, ३ जना घाइते, आगो नियन्त्रणमा
PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा २ जनाको मृत्यु, ३ जना घाइते, आगो नियन्त्रणमा



पहिलोपोस्ट

जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा २ जनाको मृत्यु, ३ जना घाइते, आगो नियन्त्रणमा

वीरगंज : बाराको सिमरास्थित जगदम्बा स्टिल प्रालिमा शनिवार राति भट्टी पड्किएर भएको आगलागीमा परि २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। मृत्यु हुनेमा उद्योगमा कार्यरत भारतीय नागरिक फायरम्यान र वेल्डर रहेको बारा प्रहरीले जनाएको छ।

बारा प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रका अनुसार भारतको बिहार राज्य पश्चिम चम्पारणका प्रदीप गोढ र रामनाथ महतोको मृत्यु भएको छ। आगलागीमा परि रामकुमार विक, इन्द्र प्रसाद अधिकारी र नवराज चौलागाइ घाइते भएका छन्।

मृतकको शव पोस्टमार्टमको लागि नारायणी ल्याउने काम भइरहेको र घाइतेको उपचार सिमराको अलपाइन अस्पतालमा भइरहेको छ। आगलागी नियन्त्रणमा आइसकेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell