PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

पेनाल्टीमा चुक्दा फेरि बराबरीमा रोकियो स्पेन



पहिलोपोस्ट

पेनाल्टीमा चुक्दा फेरि बराबरीमा रोकियो स्पेन
Photo: Reuters

यूईएफए युरो कप अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेन बराबरीमा रोकिएको छ। स्पेनको सेभियास्थित स्टेडियो डे ला कार्जुजामा सम्पन्न समूह 'ई'को खेलमा स्पेन र पोल्याण्ड १-१ को बराबरीमा रोकिएका हुन्।

खेलको २४ औं मिनेटमा अल्भारो मोराटाको गोलमा स्पेनले अग्रता बनाएका थिए। पहिलो हाफमा स्पेन एक गोलले अघि रहे पनि दोस्रो हाफमा पोल्याण्डले खेल बराबरीमा ल्यायो। पोल्याण्डका लागि खेलको ५४ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। खेलको ५८ औं मिनेटमा खेलमा अग्रता बनाउने अर्को अवसरमा स्पेन चुकेको थियो। स्पेनका जेरार्ड मोरोनो पेनाल्टीमा पाएको अवसरमा चुक्दा खेलमा राम्रो पकड बनाए पनि तीन अंक जोड्न फेरि पनि स्पेन असफल भएको छ।

यसअघिको खेलमा स्वीडेनसँग गोलरहित बराबरी खेल्दै प्रतियोगिताको प्रमुख उपाधि दाबेदारमध्येको एक मानिएको स्पेनले निराशाजनक सुरुवात गरेको थियो। यो सँगै स्पेन समूह 'ई' मा दुई अंक जोडेर तेस्रो स्थानमा छ। तालिकाको शीर्षस्थानमा ४ अंक जोडेको स्वीडेन छ भने दोस्रो स्थानमा ३ अंक जोडेको स्लोभाकिया र तालिकाको पछारमा १ अंक जोडेको पोल्याण्ड छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell