PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

कोरोना संक्रमणका कारण पूर्वमन्त्री एवं कांग्रेस नेता विष्टको निधन



पी बी खड्का

कोरोना संक्रमणका कारण पूर्वमन्त्री एवं कांग्रेस नेता विष्टको निधन

सुर्खेत : नेपााली कांग्रेस सुर्खेतका नेता एवं पूर्व मन्त्री तप्तबहादुर विष्टको निधन भएको छ। नेपाली कांग्रेस सुर्खेतका पूर्वसभापति समेत रहेका विष्टलाई एक महिना अघि कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमण पुष्टि भई प्रदेश अस्पतालमा भर्ना गरिएको थियो। प्रदेश अस्पतालमा सुर्खेतमा स्वास्थ्य अवस्था सुधारोन्मुख नभएपछि थप उपचारका लागि कोठमाण्डौँको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको परिवार स्रोतले जनाएको छ।

सुर्खेतको पञ्चपुरी नगरपालिका ११ कुइनेमा घर भएका ६० वर्षीय विष्ट नेपाल सरकारको पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री, पूर्व संविधान सभा सदस्य, पूर्व जिल्ला विकास समितिका उपसभापति समेत हुन्। विष्ट नेपाली कांग्रेस पार्टीमा स्वच्छ छविका नेताका रुपमा चिनिदैँ आएका थिए।

उनको निधनले नेपाली कांग्रेस पार्टीमा अपुरणिय क्षति पुगेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति कमलराज रेग्मीको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell