PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

युरो कपमा आज दुई खेल: इटलीलाई वेल्सको र स्वीजरल्याण्डलाई टर्कीको चुनौती



पहिलोपोस्ट

युरो कपमा आज दुई खेल: इटलीलाई वेल्सको र स्वीजरल्याण्डलाई टर्कीको चुनौती

यूईएफए युरो कपमा आज दुई खेल हुँदैछन्। समूह 'ए' का दुबै खेल आज बेलुकी पौने १० बजे सुरु हुँदैछन्।

इटलीको रोमस्थित स्टेडियो ओलम्पिकोमा हुने खेलमा इटलीलाई वेल्सले चुनौती दिनेछ। उपाधिको बलियो दाबेदार मानिएको इटलीले यसअघिका दुबै खेलमा जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको छ। आफ्ना पछिल्ला २९ खेलमा अपराजित रहेको इटलीले आफ्नो जितको शृङ्खलालाई निरन्तरता दिन चाहने छ भने वेल्सले जित या बराबरीको नतिजा निकाल्दै अन्तिम १६ मा स्थान बनाउन चाहनेछ। स्वीजरल्याण्डले टर्कीसँग बराबरी खेले या पराजित भए आज पराजित भए पनि वेल्सले अन्तिम १६ मा स्थान सुरक्षित गर्नेछ। इटली र वेल्सबीचको पछिल्ला प्रमुख ९ खेलमा इटलीले ७ खेल जितेको छ भने वेल्सले २ खेल जितको छ।

त्यस्तै आजै बेलुकी बाकु ओलम्पिक स्टेडियममा हुने खेलमा स्वीजरल्याण्ड र टर्की आमनेसामने हुनेछन्। दुबै टोलीले समूहका यसअघिका दुई खेलमा जित निकाल्न सकेका छैनन्। स्वीजरल्याण्डले समूहको आफ्नो पहिलो खेलमा वेल्ससँग १-१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा इटलीसँग ३-० ले पराजित भएको थियो। अर्कोतर्फ प्रतियोगिताको उद्घाटन खेलमा इटलीसँग ३-० को पराजय ब्यहोरेको टर्कीले दोस्रो खेलमा वेल्सले २-० को पराजय ब्यहोरेको थियो। टर्की आजको खेलमा सान्त्वना जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने छ भने स्वीजरल्याण्ड जित निकाल्दै अन्तिम १६ मा पुग्ने समीकरणलाई कायम राख्न चाहन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell